अर्जुननरसिंह केसीको राजनीतिक सक्रियता: प्रचण्डदेखि रामचन्द्रसम्म भयो भेट



काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित सांसद अर्जुननरसिंह केसीले राजनैतिक सक्रियता बढाएका छन् । आइतबार एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका केसीले सोमबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालदेखि आफ्नै दलका नेता रामचन्द्र पौडेलसम्म भेटवार्ता गरेका छन् ।

दाहाललाई सिंहदरबारमा भेटेका केसीले पौडेललाई भने बोहोराटारमा भेटेका हुन् । प्रचण्डसँगको भेटवार्ता नयाँ सरकार गठनबारे छलफल गरेको बताईएको छ । तर, आफ्नो पार्टीका नेता पौडेलसँग भने संसदीय दलको नेताको निर्वाचनबारे छलफल भएको छ ।

उनले पौडेललाई महामन्त्री गगनकुमार थापासँग मिलेर अघि बढ्न सुझाव दिएका छन् । कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री थापाले उम्मेदवारी दिने घोषणा गरेका छन् । थापाले शेखर कोइराला समूहबाट दलको नेतामा उम्मेदवारी दिने तयारी गरेको बेलामा नेता पौडेलले पनि त्यसकोलागि इच्छा देखाएका छन् । पौडेलले प्रधानमन्त्रीमा दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्