राष्ट्र बैंकले स्थापना गर्यो कालो धन खोज्न छुट्टै महाशाखा
काठमाडौं,मंसिर २५ । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आतकंवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न छुट्टै महाशाखा स्थापना गर्ने भएको छ ।
केन्द्रीय बैंकले कालो धन खोज्ने विशेष योजनासहित सम्पत्ति शुद्धीकरण हेर्नका लागि छुट्टै महाशाखा स्थापना गर्न लागेको हो ।
आगामी माघ १ गतेदेखि कार्यप्रारम्भ हुनेगरी राष्ट्र बैंकभित्र अलग्गै विशिष्टिकृत सुपरिवेक्षकीय संरचनाको रुपमा सम्पत्ति शुद्धीकरण निवारण महाशाखा स्थापना गर्ने केन्द्रीय बैंकले सूचनामार्फत जानकारी दिएएको छ ।
हालैमात्र केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका लागि सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी जोखिम मुल्यांकन मार्गदर्शन २०२२ जारी गरेको थियो।