प्रधानमन्त्री बन्न प्रचण्डको ‘गोप्य’ भेटवार्ता



काठमाडौं, मंसिर २० । आमनिर्वाचन मतपरिणाम सार्वजनिक हुने अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनका लागि प्रमुख दलका शीर्षनेता आन्तरिक गृहकार्य तीव्र रूपमा जुटेका छन् ।

आगामी सरकारको नेतृत्व (प्रधानमन्त्री) बन्ने दौडमा रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवाद केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोप्य भेटघाट तीव्रता पारेका छन् । ललितपुर खुमलटारस्थित निवासमा सोमबार प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (एमाले) सचिव रघुवीर महासेठसँग ‘गोप्य भेटघाट’ गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि फोन गरेर प्रचण्डलाई बधाई दिँदै ‘आगामी दिन मिलेर अगाडि बढ्न गरेको’ प्रस्तावपश्चात् ओलीनिकट नेता महासेठले गरेको प्रचण्डसँगको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

यद्यपि, महासेठले भने भेटघाटमा शुभकामना साटासाट मात्रै भएको प्रतिक्रिया दिए । तर, एक घण्टाभन्दा बढी समय गोप्य छलफल गरेका प्र्र्रचण्ड र महासेठको भेटघाटलाई ‘केबल शुभकामना साटासाट मात्रै भएको हो भन्नेमा कतिपय सशंकित छन् । ओलीनिकट नेता महासेठले प्रचण्डलाई भेटनुको पछाडि आगामी सरकार गठनबारे छलफल भएको चर्चा छ ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्