म विरुद्ध भ्रामक कुरा फिजाइयो- महत
नुवाकोट, मंसिर ३ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रधुम्न महतले आफू विरुद्ध भ्रामक कुरा फिजाइएको बताएका छन् ।
आम निर्वाचनको संघारमा आफुविरुद्द केहि तत्वले भ्रामक कुरा फिजाएको बताएका हुन ।
सामाजिक संजाल फेसबुकमा महतले नेकपा एमालेका उम्मेदवारलाई सघाउनेबारे सार्वजनिक पत्र फेक भएको महतले फेसबुक लाइभ मार्फत उल्लेख गरेका छन् । नेता महतले उक्त पत्रमा कुनै सत्यता नभएको उल्लेख गरेका छन् ।
नेता महतद्वारा सामाजिक संजाल फेसबुकमा उल्लेख स्टाटस जस्ताको तस्तै-
मेरो बारेमा भ्रमात्मक कुरा सम्प्रेषण गर्दै binda dhungana ko facebook ID बाट मेरो चरित्र हत्या गर्ने उद्देश्यले झुटो र मैले नगरेको विज्ञप्ति मेरो signature भनेर पोष्ट गरेको कुरामा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु । साथै सम्पूर्ण मतदाता हरुमा यस्किसिमको भ्रम मा नपर्न अनुरोध गर्दछु।
देश र जनताको हितमा केही गर्छु भन्दै राजनीतिमा आउँदै गर्दा मेरो विचार उदेस्य र माहोल देखि आत्तिएर यसकिसिमको निकृष्ठा कामको घोर भर्सन गर्दछु । मेरो कहीं कतै कोही सँग यस किसिमको गतिविधि नभएको जानकारी गराउँदै मतदाता हरु मा उच्च मनोबल का साथ घण्टी मा मतदान गर्नु हुन।अनुरोध गर्दछु र कुनै पनि हालतमा विचलित नहुन सबै आग्रह गर्दै भ्रम को पछी नलाग्न अनुरोध गर्दछु। साथै कानुनी उपचारको लागि निर्वाचन आयोग समक्ष उजुरी गरेको जानकारी पनि गर्दछु ।