नुवाकोटमा यस्तो छ मतदान तयारी, बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न पाइने



नुवाकोट,मंसिर ३ । आइतबार हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। 


देशभरि एकैचरणमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुनेछ। आयोगले आइतबार बिहान ७ बजेदेखि सुरू हुने निर्वाचनमा सहभागी हुन र निर्धक्क भएर मतदान गर्न सबै मतदातालाई आह्वान गरेको छ। बिहान ७ बजे सुरू भएपछि बेलुका ५ बजेसम्म मतदान गर्न पाइनेछ। 


निर्वाचनका लागि देशभरि र मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ।  नुवाकोटमा पनि मतदानको तयारी अन्तिम चरणमा पुगेको छ। तीन दिनअघि नै मतदान केन्द्रमा पुगेका सुरक्षाकर्मी तथा आयोगबाट खटिएका कर्मचारीहरूले त्यसको तयारी गरिरहेका छन्। २ संघ तथा ४ वटा प्रदेश रहेको नुवाकोटमा मंसिर ४ गते हुने निर्वाचनमा कुल २ लाख ३९ हजार ७ सय २६ जना मतदाता रहेका छन् । 

जिल्लामा मतदाता स्थल १३२ कायम गरिएको छ भने मतदान केन्द्र २९० तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्