चन्द्रागिरी हिल्सको मुनाफा १ करोड ३१ लाख माथि



काठमाडौं,कात्तिक २५ । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफामा सुधार आएको हो ।

असोज मसान्तसम्मको अवधिमा कम्पनीले १ करोड ३१ लाख ७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २ करोड ३७ लाख ३१ हजार रुपैयाँ घाटा व्यहोरेको थियो ।

यस अवधिमा कम्पनीको संचालन नाफा १८ करोड ६४ लाख रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा उक्त आम्दानी ११ करोड १ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ , जगेडा कोष ३८ करोड १३ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

यसको प्रतिसेयर आम्दानी ८५ पैसा छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ १४ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्