रोल्पामा बागी उम्मेदवारलाई माओबादीको सहयोग हुँदैन : वर्षमान



रोल्पा,कात्तिक २२ । नेकपा माओवादी केन्द्रका उप-महासचिव वर्षमान पुन (अनन्त)ले रोल्पामा सत्ता गठबन्धनको निर्णय बिरुद्द चुनावी प्रतिस्पर्धामा रहेका बागी उम्मेदवारलाई सहयोग नहुने बताएका छन ।लोकतान्त्रिक–वाम गठबन्धनद्वारा रोल्पामा आयोजित कार्यक्रममा पुनले  रोल्पामा ३० वर्ष पछि कांग्रेस र माओवादी मिलेको भन्दै उनले बागीलाई कुनै हालतमा सहयोग नहुने बताए ।

रोल्पाको प्रदेश (ख) मा माओवादी केन्द्रका दीपेन्द्र पुन (सिजल) बागी उम्मेदवार छन् । सो प्रदेशमा कांग्रेसका अमरसिंह पुन सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । राजनीतिमा भित्री र बाहिरी कुरा नहुने भन्दै पुनले कांग्रेसका पुनलाई जिताउने जिम्मा माओवादीले लिने उल्लेख गरे ।उनले भने, ‘कांग्रेस र माओवादी युद्धका बेला रोल्पामा लडेका हौं । तर शान्तिका लागि पनि रोल्पालाई मोडल बनाएका छौं । शान्ति प्रक्रियापछि एउटा पनि अप्रिय घटना भएको छैन । आपसमा मेलमिलाप गरेका छौं । रोल्पा विद्रोह र शान्तिको केन्द्र बन्यो, अब मेलमिलापको केन्द्रका रुपमा परिचित गराउन चाहन्छौं ।’

‘माओवादीले व्यवस्था बदलेको छ तर अब जनताको अवस्था बदल्नेछौँ ।” उनले जिकीर गरे । ‘राजनीतिक स्थायित्व चाहिएको छ, अर्कातिर विकास चाहिएको छ । जनताको अवस्था बदल्नु छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्