निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्नेमा ढुक्क छु : प्रवक्ता महत



काठमाडौं,कात्तिक २० । निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्नेमा आफू ढुक्क रहेको नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले बताएका छन् ।

नेता महतले कांग्रेस नै ठूलो दल हुने बताउदै स्वभाविक रुपमा कांग्रेसले सरकारको नेतृत्व गर्नेमा आफू ढुक्क रहेको बताएका हुन् ।

नेता महतले ‘प्रधानमन्त्रीको विषयमा गठबन्धन दलहरू बीच कुनै छलफल नभएतापनि स्वभाविक रुपमा कांग्रेस ठूलो दल भएकोले सरकारको नेतृत्व काङ्ग्रेसले नै गर्नेमा दुई मत नहुने बताए ।

आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा महतले विगतमा संसदमा कम संख्या हुँदा पनि अन्य दलले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन आग्रह गरेको स्मरण गर्दै उनले निर्वाचनपछि कांग्रेस ठूलो दल हुने भएकाले स्वतः सरकारको नेतृत्व गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्