भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपाल आयल निगमले के गर्छ ?



काठमाडौं,कात्तिक १८ । भारतबाट फेरी पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो ।

भारतबाट आएको नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ६१ पैसा, डिजल प्रतिलिटिर ५ रुपैयाँ ७६ पैसा, मट्टीतेल प्रतिलिटर ४ रुपैयाँ ०१ पैसा र हवाई इन्धन प्रतिलिटर ४ रुपैयाँ ७७ पैसाले बढेर आएको छ ।

निगमले १५ दिनमा डिजलमा प्रतिलिटर १२ रुपैयाँ १४ पैसा र खाना पकाउने ग्यासमा २ सय २८ रुपैयाँ ८४ पैसा प्रतिसिलिन्डर घाटा रहेको र पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा भने केही नाफा रहेको जनाएको छ ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढाएपछि नेपाल आयल निगमले पनि बढाउने सक्ने सकेत देखाएको छ । निगमले अहिलेसम्म कुनै सूचना नदिएको भएपनि डिजल र खाना पकाउने ग्यासमा घाटामा रहेको हुदाँ उक्तको मूल्य बढाउन सक्ने आकंलन गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्