‘हामी जनताको विश्वास सहि ठाउँमा प्रयोग गर्छौं’ : प्रदीप ज्ञवाली
गुल्मी,कात्तिक १६ । ठाउँमा पुर्याएको हुँदा आफू र एमाले पार्टी जनता हक हितमा रहेर निरन्तर काम गरिरहेको नेता ज्ञवालीले बताए । अघिल्लो निर्वाचनमा मतदाताले दिएको मतको पूर्ण सदुपयोग गर्ने गरी आफूहरुले काम गरेको उपमहासचीव ज्ञवालीले जिकिर गरे ।
रेसुङ्गा विमानस्थल निर्माणको काम सकियो तर नियमित उडान किन हुन सकेन ? भन्ने पत्रकारको प्रश्नमा नेता ज्ञवालीले विमानस्थलमा नेताले जस लिनको लागि राजनितिकरण गरियो त्यसैले नियमित उडान हुन नसकेको हो उनले भने । आगमी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन लगत्तै संचालनमा ल्याउने ज्ञवालीले बताए ।
बहुचर्चित सडक रिडि वामि सडक खण्ड कालोपत्रे, दहरे, नादे, गिँदी र भार्से खोलामा पुल निर्माणको लागि टेण्डर प्रक्रियाको काम अगाडी बढेको र अन्य थुप्रै योजनाका काममा बजेट विनियोजन भएपनि निर्माण ब्यावसायीको लापरबाहीका कारण काम हुन नसकेको उनले बताए ।ज्ञवालीले आगामी बर्षको लागी यातयात, विद्युत, खानेपानी,स्वास्थ्य,कृषि,उद्योगतथा खानी, युवा खेलकुद तथा रोजगारी,सामाजिक न्याय र सुरक्षा र संस्कृति तथा पर्यटन क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेको ज्ञवालीको प्रतिबद्धता पत्रमा उल्लेख छ ।