संविधान जोगाउन गठबन्धन गरिएको हो, कोही भ्रममा नपरौ: नेता केसी



नुवाकोट,कात्तिक १६ । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले संविधानको रक्षारार्थ गठबन्धन गरिएको जिकिर गरेका छन् । कुनै अमुक नेतालाई जिताउनका लागि गठबन्धन नभएको बताएका छन्।

नुवाकोट क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका उमेदवार समेत रहेका नेता केसीले राष्ट्र हितको सवालमा राष्ट्रको स्वाभिमान उच्च राख्न, संविधानको रक्षा गर्न र विकासको गति बढाउन गठबन्धन गरिएकाले कोही भ्रममा नपर्न नेता केसीले अनुरोध गरे । 

जिल्लाको बिदुर नगरपालिकाअन्तर्गतको ऐतिहासिक स्थल नुवाकोट दरबार परिसरमा चुनावी कार्यक्रम तथा भेटघाट कार्यक्रममा बोल्दै नेता केसीले विरोधीको विचार सुरक्षित गर्न लोकतन्त्र बचाउन गठबन्धन आवश्यक रहेको बताए। 

नेता केसीले आफूहरु सक्षम रहेको र आफ्नो अजेन्डा राम्रो छ भन्नु स्वभाविक भएपनि जनताले मूल्यङ्कन गरेर मतदान गर्न समेत आव्हान गरे ।

प्रतिक्रिया दिनुहोस्