नुवाकोट दुप्चेश्वर गाउँपालिकामा तरुण दल गठन, अध्यक्षमा विवेक तामाङ



नुवाकोट,कात्तिक ६ । जिल्लाको दुप्चेश्वर गाउँपालिकास्तरीय तरुण दलको कार्यसमिति गठन भएको छ ।

निर्वाचन परिचालन समिति क्षेत्र नम्बर १ का संयोजक सन्जिब गुरुङको प्रमुख आथित्यतामा भएको कार्यक्रममा दिलबहादुर घिसिङ, यदुमान लामा, सुर्य लामा, सन्दिप लामा लगायतले तरुण दलको योजना र आउदो निर्वाचनमा युवाको परिचालन बिषयमा मन्तव्य तथा सहजीकरण गरेका थिए ।

आइतबार दुप्चेश्वरमा भएको भेलाले बिबेक तामाङलाई अध्यक्ष पदमा निर्वाचित गरेका छन् । नवनिर्मित कार्यसमितिको अन्य पदाधिकारीमा उपाध्यक्ष आकाश तामाङ, सचिवमा आर्यन थिङ, सहसचिवमा लोक्टे तामाङ, कोषाध्यक्षमा जीवन तामाङ, सदस्यहरुमा संजय तामाङ, रोशन लामा, मनोज तामाङ, सोनाम तामाङ, सुमन तामाङसहित १३ सदस्यीय समिति रहेको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका युवा नेता तथा निर्वाचन परिचालन समिति क्षेत्र नम्बर १ का अध्यक्ष सन्जिव गुरुङले अबको दिनमा युवाले सहि वा गलत कुराको पहिचान गरि राजनीतिमा लाग्नुपर्ने बताए । कतिपय युवा जगत अझैसम्म पार्टीका ठूला भनौदाको पछि लागेर दास जीवन बिताइरहेकाले अब युबाले युवालाई चुन्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्