११.६८ प्रतिशतले बढ्यो नेपालीहरुको तलब तथा ज्यालादर
काठमाडौं,कात्तिक ४ । नेपालीहरुको तलब तथा ज्यालादार सूचकाङ्क वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को दुई महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क साढ ११ प्रतिशतले बढीले वृद्धि भएको हो ।
नेपाल राष्ट्र बैंकले शुक्रबार प्रकाशित गरेको चालु आवको भदौ महिनासम्मको देशको वर्तमान आर्थिक स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।
राष्ट्र बैंकका अनुसार भदौ महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ११.६८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ४.८४ प्रतिशतले बढेको थियो ।
समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १२.३९ प्रतिशत र ११.४६ प्रतिशतले बढेको छ ।