नेपाल तरुण दल नुवाकोट पञ्चकन्या गाउँपालिकाको अध्यक्षमा सुनिल दोर्जे लामा



नुवाकोट, कात्तिक ४ । नेपाली काङ्ग्रेस पञ्चकन्या गाउँ पालिकाको तरुण दल गठन प्रक्रिया सम्पन्न भएको छ ।

शुक्रबार गाउँपालिकाको नव निर्मित भवन नजिकै भएको नेपाली काङ्ग्रेस समर्थित युवाहरूको भेलाले सुनिल दोर्जे लामालाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

तरुण दलको उपाध्यक्षमा सचिन तामाङ, सचिवमा रामेश्वर खतिवडा, सहसचिवमा रामबाबू कार्की, कोषाध्यक्षमा अमित तामाङ लागायत १५ सदस्य पलिका स्तरीय तरुण दल गठन गरिएको क्षेत्र नम्बर १ निर्वाचन परिचालन समितिका युवा नेता सन्जिव गुरुङले बताए ।

जिल्लागत काङ्ग्रेस गतिविधिमा राजतन्त्र झै पारिवारिक शृङ्खलाले गर्दा युवा जगतमा निराशा पैदा भैरहेकाले जिल्लाका नेतागण सच्चिनु आवश्यक रहेको उनीहरुले बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्