प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन : उम्मेदवारहरुले कुन-कुन शीर्षकमा खर्च गर्न पाउने ?
काठमाडौं,कात्तिक ३ । आगामी मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि निर्वाचन हुँदैछ । निर्वाचन आयोगले पनि उम्मेदवारहरुको खर्च गर्न पाउने शीर्षकहरु तोकेको छ ।
आयोगका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरुले मतदाता नामावली खरिदका लागि खर्च गर्न पाउने भएका छन् ।
आयोगले निर्वाचनमा सवारी साधान, प्रचार प्रसार सामग्री, दुवानी, गोष्ठी अन्तरक्रिया र अन्य प्रचार प्रसारमा खर्च गर्न पाउने व्यवस्था गरेको हो ।
यस्तै, उम्मेदवारहरुले छापा एवं विद्युतीय माध्यम (सामाजिक संचालसमेत) र कार्यालय संचालन र प्रतिनिधि परिचालनका लागि खर्च गर्न पाउने आयोगले जनाएको छ ।