बिहीबारदेखि सुनचाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक



काठमाडौं,कार्तिक ३ । आजदेखि राष्ट्र बैंकले सुन चाँदीका सिक्का बिक्री गर्न थालेको छ । तिहार नजिकिएसँगै धनवन्तरी त्रयोदशीको लागि भन्दै राष्ट्र बैंकले सिक्का बिक्री गर्न लागेको हो ।

राष्ट्र बैंकले केही वर्ष अघि पनि सर्वसाधारणका बहुमूल्य सिक्का बिक्री वितरण गर्ने गरेको थियो । सुन तथा चाँदीको यस्ता सिक्का सर्वसाधारणले लक्ष्मी पूजाको दिनमा घरमा पूजा गर्ने चलन छ ।

राष्ट्र बैंकले काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट ती सिक्काको बिक्री गर्नेछ । धनतेरसमा असर्फीको माग धेरै हुने भएकाले सहज तिरिकाले असर्फी र चाँदीका सिक्का बिक्री गरिने तयारी रहेको राष्ट्र बैंक टक्सार विभाग प्रमुख विनोदराज आचार्यले बताए ।

राष्ट्र बैंकले यस वर्षका लागि प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राममा एक÷एक थान असर्फी सिक्का वितरण गर्ने गरेको छ । सुनको बजारमूल्यमा निर्माण लागत थप गरी असर्फीको मूल्य तय गरिएको हुन्छ ।

असर्फी व्यक्ति वा संस्था दुबैले खरीद गर्न सक्छन् । सुनको बजार मूल्यमा निर्माण लागत थप गरी असर्फीको मूल्य तय गरिएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्