चुनाव खर्चः प्रतिनिधि र प्रदेशसभामा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? (सूचीसहित)
काठमाडौं,कात्तिक १ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि राजनीतिक दल वा उम्मेदवारले गर्न पाउने खर्चको अधिकतम सीमा निर्धारण गरिएको छ । आयोगले निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार मानी निर्वाचनका लागि खर्चको हद तोकेको हो ।
२५ लाखदेखि ३३ लाखसम्म एक उम्मेदवारले खर्च गर्न पाउने गरी खर्चको सिमा तोकिएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनमा २६ क्षेत्रमा लागि अधिकतम ३३ लाख निर्वाचन खर्च तोकेको छ । त्यस्तै, ५२ क्षेत्रका लागि ३१ लाख निर्वाचन खर्च, ६५ क्षेत्रमा २९ लाख निर्वाचन खर्च, ५ क्षेत्रमा २५ लाख निर्वाचन खर्च, १७ क्षेत्रमा २७ लाख निर्वाचन खर्च निर्वाचन खर्च तोकेको हो ।
त्यस्तै‚ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रदेशसभाको निर्वाचनमा उल्लिखित ७० वटा निर्वाचन क्षेत्रमा निर्वाचन खर्चको हद १५ लाख, १४३ वटा निर्वाचन क्षेत्रमा १७ लाख, ५६ वटा निर्वाचन क्षेत्रमा १९ लाख, २९ वटा निर्वाचन क्षेत्रमा २१ लाख र ३२ वटा निर्वाचन क्षेत्रमा निर्वाचन खर्चको हद २३ लाख कायम गरिएको छ ।
मतदाता संख्यालाई ६० प्रतिशत, मतदान केन्द्रलाई २० प्रतिशत र क्षेत्रफललाई २० प्रतिशत मानेर खर्च सीमा तोकिएको आयोगले जनाएको छ ।