कांग्रेस जिताउन तरूण दलले नुवाकोट १ मा सन्जिव गुरुङलाई खटायो
नुवाकोट,कात्तिक १ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले मंसिर ४ हुन गइरहेको निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ। अध्यक्ष विद्वान गुरूङले सोमबार नुवाकोटको दुई क्षेत्रसहित १५१ प्रतिनिधि सभा निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि तोकेको हो ।
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा केन्द्रीय प्रतिनिधिहरू चयन गरेको केन्द्रले जनाएको छ । जसमध्ये नुवाकोट क्षेत्र नम्बर १ मा सन्जिब गुरुङ र २ मा दिलबहादुर तामाङ पठाइएको हो। तामाङ जुजारु युवा हुन भने गुरुङ राजनीतिक सिलसिलामा ४० राष्ट्र भ्रमण गरिसकेका युवा हुन। त्यस्तै रसुवा १ का लागि दिलबहादुर मोक्तान र २ का लागि ऋतु ग्यामदानलाई खटाएको छ । सिन्धुपाल्चोकमा भने सन्जय लामालाई पठाइएको छ ।
प्रतिनिधिहरुलाई तोकिएका क्षेत्रमा जाने र कांग्रेस तथा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन भूमिका खेल्नुपर्नेछ ।आफूले जिम्मेवारी पाएको क्षेत्रको कार्यप्रगतिबारे केन्द्रीय प्रतिनिधिले तरूण दल केन्द्रीय कार्यालयमा प्रतिवेदनसमेत दिनुपर्नेछ।