विश्व अर्थतन्त्र मन्दीको अति नजिक, कसरी पाइएला पार ?



काठमाडौं,असोज २९ । हालैका दिनमा विश्व अर्थतन्त्र आर्थिक मन्दीमा जान सक्ने चेतावनी आइरहेको छ । बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकका अध्यक्ष डेभिड माल्पासले पनि विश्व आर्थिक मन्दीको अति नै नजिक रहेको बताएका थिए । आर्थिक वृद्धिका मामिलामा पनि विश्व बैंकले सन् २०२३ को विश्वको आर्थिक वृद्धि प्रक्षेपण यसअघिको ३ प्रतिशतबाट घटाएर १ दशमलव ९ प्रतिशतमा झारेको छ ।

‘यो भनेको डरलाग्दो तरिकाले मन्दीको नजिक हो, अनि निश्चित खालको अवस्थामा विश्व अर्थतन्त्र मन्दीमा जान सक्छ,’ विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठककै क्रममा आयोजित पत्रकार सम्मेलनमा बिहीवार माल्पासले भने । महँगी, ब्याजदर वृद्धि र विकासाेन्मुख विश्वमा पूँजी प्रवाहमा आएको कमी अहिले मुख्य चुनौती भएको उनको भनाइ छ ।

केही देशहरूले यो क्षणमा उनीहरूलाई चाहिनेभन्दा बढ्दै ब्याजदर बढाइसकेको अनि केहीले एउटा खालको सहुलियत दिनुपर्नेमा अर्को खालको दिइरहेको पनि बताइएको छ । ब्याजदर वृद्धिका कारण अहिले विकासाेन्मुख देशहरूको कर्जा बढेको छ । ती देशले तिर्नुपर्ने ब्याजदर बढेको छ अनि स्थानीय मुद्राको भाउ घटिरहेको छ । ‘मुद्राको अवमूल्यनले कर्जाको भाउ झनै थपिरहेको छ, अहिले विकासाेन्मुख देशमा कर्जा संकटको पाँचौं लहरको देखिरहेको छ,’ माल्पासले भने । 

माल्पासले चेतावनी दिएजस्तै मन्दी आयो भने के हुन्छ ? 

विश्व अर्थतन्त्र मन्दी नजिक रहेको बताउने माल्पास एक जना मात्रै होइनन् । विश्व अर्थतन्त्र प्राविधिक मन्दीमा जाने सम्भावना ४० देखि ५० प्रतिशत रहेको कर्जा रेटिङ निकाय एसएन्डपीले गरेको छ । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा पनि छोटो मन्दी निम्तिएको थियो । अर्थतन्त्रको केही हिस्सा र जनसंख्या छिट्टै नै मन्दीबाट उब्रिएका थिए । पछिल्लो समय श्रम बजारमा अवरोध देखिएको छ, आपूर्ति शृङ्खला प्रभावित छ ।

यसमाथि भूराजनीतिक घटनाक्रमहरूले निश्चित खालको कमोडिटीको माग बढाउने महँगी बढाएको छ । खाद्यान्न संकट र ऊर्जामा पहुँच अभावका कारण मानिसहरू मारमा परेको विश्व व्यापार संगठनकी प्रमुख नगोजी ओकोन्जी–इविलाले भनेकी छन् । आगामी १२ महीनामा विश्व अर्थतन्त्र मन्दीमा जान्छन् भन्नेमा ८६ प्रतिशत सीईओहरूको सोच रहेको बहुराष्ट्रिय एकाउन्टिङ संस्था केपीएमजीले सीईओहरूमाझ गरेको एउटा सर्वेक्षणले देखाएको थियो ।

मन्दी मध्यम खालको हुने धारणा ५८ प्रतिशतको मात्रै थियो । मन्दीले कोरोना भाइरसको महामारी पछिको विश्वको आर्थिक पुनःबहालीलाई थप कठिन बनाउने पनि सर्वेक्षणले देखाएको छ । विश्व अर्थतन्त्र मन्दीमा जाने चेतावनी चौतर्फीरूपमा आइरहँदा अमेरिकी राष्ट्रपति जाे बाइडेनले भने यो मध्यम खालको हुने बताएका थिए । 

मन्दीबाट कसरी पार पाइएला ? 

अहिले चारैतिर मन्दीबारे बहस चलिरहेको छ । यस्तोमा मुख्य प्रश्न छ- यो मन्दीबाट विश्व अर्थतन्त्रले कसरी पार पाउँला ? उत्पादन बढाउने, अतिरिक्त लगानी गर्ने, उत्पादनशीलता सुधार्ने अनि पूँजी विनियोजन नीतिनिर्माताहरूको शीर्ष प्राथमिकता हुनुपर्ने माल्पासले बताएका छन् । यस्तो खालको समयमा गरिबहरूलाई लक्षित गरेर सहयोग र टेवा ल्याउनु पर्नेमा उनले जोड दिएका छन् । आपूर्ति शृङ्खलालाई बलियो बनाउनु पर्ने यसको अर्को उपाय हुन सक्छ । एजेन्सीहरूको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्