३६ लाख कित्ताको आईपीओ भर्न छुटाउनुभयो कि ?
काठमाडौं,असोज २८ । सान्जेन जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने म्याद नजिकिदैं छ । कम्पनीको आइपीओमा आवेदन दिने आइतबार अर्थात असोज ३० गते अन्तिम दिन रहेको छ ।
कम्पनीले भदौ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आईपीओ निष्कासन गरेको हो । कम्पनीले १ सय अंकित दरका ३६ लाख ५० हजार कित्ता शेयर निष्कासन गरेको हो ।
उक्त आइपीओमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका(५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाछादिङमो गाउँपालिका वडा नं ४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् । यस्तै सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरूले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।
सीडीएस क्लियरिङका अनुसार शुक्रवार अर्थात असोज २८ गते बिहान १० बजे सम्ममा २२ हजार ५१५ जना आवेदकले ४५ लाख १८ हजार १४० कित्ताका लागि आवेदन दिएका हुन ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ भने सह(निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् ।