नेता लोहनीले लिए उम्मेदवारी फिर्ता, तातियो सामाजिक संजाल
नुवाकोट,असोज २६ । नेकपा एकीकृत समाजवादी नुवाकोटका उम्मेदवार राजेन्द्रप्रकाश लोहनीले उम्मेदवारी फिर्ता लिएका छन् ।
लोहनीले उम्मेदवारी फिर्ता लिदै गठबन्धनलाई सहयोग गरेको बताएका छन् । निर्णय फिर्तासंगै सामाजिक संजाल तातिएको छ । कतिपयले निर्वाचन बोझ बोक्न नसकेको समेत टिप्पणी गरेका छन् ।
उता नेपाल कम्युनिस्ट पार्टी एमालेले भने तत्काल छलफलका लागि भनी नेताकार्यकर्तालाई जिल्लामा बैठकका लागि बोलाएको छ ।
सामाजिक संजालमा उल्लेख लोहनीको स्टाटस जस्ताको तस्तै
आदरानीय दाजु भाई दिदिबैनी हरु !
अब हुन गैराखेको प्रदेश सभा निर्वाचन को लागि मैले ने, क पा एकिक्रित समाजबादी को तर्फ बाट बागमती प्रदेश, नुवाकोट क्षेत्र न २ प्रदेश क, का लागि गठबन्धन दल को तर्फ बाट सदस्य पदको लागि उमेद्ववारि दियको थिय, गठबन्धन कै निर्णय अनुसार फिर्ता लियको छु!
मेरा पार्टिका कार्यकर्ता तथा आम शुभचिन्तक समर्थक हरु बाट सदा साहानुभुति, समर्थन को आशा राखेको छु !
धन्यवाद !!