गुल्मी २ मा रामकुमारीलाई टक्कर दिँदै कांग्रेसबाटै उम्मेदवारी



गुल्मी,असोज २३ । गुल्मी क्षेत्रनम्बर–२ मा सत्ता गठबन्धनका उम्मेदवारलाई टक्कर दिँदै कांग्रेसका नेताले प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका छन्। गठबन्धनबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई टक्कर दिँदै नेपाली कांग्रेसका डाक्टर दामोदर भुसालले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।  नेपाली कांग्रेस गुल्मीको क्षेत्रिय सभापति समेत बनेका भुसाल हाल लुम्बिनी प्रदेश योजना आयोग सदस्य हुन् । उनि नेपाली कांग्रेस क्षेत्रिय समितिबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी सिफारिस गरेको थियो ।

यस क्षेत्रमा नेपाली कांग्रेसका कार्यकर्ता २८ वर्षदेखि नेपाली कांग्रेसले बिजयी स्वद नपाएकाले आफनो उम्मेदवारी त्यो पुरा गर्ने बताए । उनले गुल्मी कांग्रेसका कार्यकर्ताको भावनालाई सम्बोधन लागि उम्मेदवारी रहेको बताए । गुल्मी जिल्लाको समग्र विकासका लागि आफनो उम्मेदवारी भएको प्रतिक्रिया दिए । अब बैकल्पीक शक्तीको आवाज जनताबाट आइरहेकाले पनि लोकतन्त्रकको रक्षाको निम्ति उम्मेदवारी दिएको बताए ।क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि नेकपा एमालेबाट गोकर्णराज बिष्टले मनोनयन दर्ता गराउनु भएको छ । प्रदेश सभाका लागि क्षेत्रनम्बर–२ (क) डिल्लीराज भुसाल र प्रदेश सभा (ख) बाट दिनेश पन्थीले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 त्यस्तै क्षेत्रनम्बर–२ मा गठबन्धनबाट एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले मनोनयन दर्ता गराएकी छिन । प्रदेश सभाका लागि क्षेत्रनम्बर–२ (क) बाट नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ र प्रदेश सभा (ख) बाट बुद्धि जिसीले मनोनयन दर्ता गराएका छन् । जिल्लामा मुख्य ठूला तिन दल बाहेक अन्य साना दलहरु र केहि स्वातन्त्र व्यक्तिले पनि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्