अमेरिकामा इयान आँधीका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो
एएनआई, असोज १५ । दक्षिण क्यारोलिनाको तटमा आएको इयान आँधीले शुक्रबार सम्म फ्लोरिडामा मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ ।
फाइनान्सियल टाइम्सले जनाएअनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले यो आँधी “राष्ट्रको इतिहासमा सबैभन्दा खराब मध्येको एक हुन सक्छ” भन्दै यसबाट भएको विनाशको पुनर्निर्माण गर्न महिनौं वा वर्ष लाग्ने बताएका छन् ।
शक्तिशाली आँधीले बुधबार दक्षिण-पश्चिम फ्लोरिडाका थुप्रै घरहरू ध्वस्त पारेको छ भने बिजुली प्रवाह अवरुद्ध भएको छ ।