अर्थमन्त्रालय जटिल अवस्थामा छ : मन्त्री शर्मा



काठमाडौं,असोज १२ । अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालय जटिल समस्यामा रहेको बताएका छन् । आन्तरिक राजस्व विभाग व्यवस्थापन गोष्ठीमा मन्त्री शर्माले यस्तो बताएका हुन्।

उनले अर्थमन्त्रालय अन्तर्गतका विभाग र प्रमुखहरुबीच समन्वय नहुँदा जटिल समस्या भएको बताएका छन् । विभिन्न विभाग र डीजीहरुबीच समन्वय आवश्यक रहेको उनको भनाई छ । उनले भने,-‘एक अर्काबीच कोडिनेसन छैन, अनि कसरी अगाडि बढ्न सकिन्छ ? अब सबैको सहकार्य आवश्यक छ । एक आपसमा सूचना आदान प्रदान गर्नुपर्यो ।’

सोही अवसरमा मन्त्रीले शर्माले आन्तरिक राजस्व वृद्धि गर्ने र भन्सार विभागको अवस्था क्रमश सुधार गर्नुपर्नेमा जोड दिए । उनले भने, -‘अब उत्पादन वृद्धिको विकल्प छैन, स्रोत साधानको उचित प्रयोग गरि आधुनिक प्रविधिलाई जोडेर अघि बढेर मात्रै गरिबी र पछौटेपन हट्छ ।’ उनले राजस्व लक्ष्य वृद्धि भएको र अझै धेरै दायराहरु बढाउनुपर्नेमा जोडदिए ।

प्रतिक्रिया दिनुहोस्