नेपाली काङ्ग्रेस नुवाकोटका युवा नेता गुरुङको निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा चर्चा
नुवाकोट,असोज १० । नेपाली काङ्ग्रेस नुवाकोटका युवा नेता सन्जिव गुरुङको निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क) अन्तर्गत चर्चा पाएको छ ।
विक्रम संवत २०५७ साल देखी नेपाली कांग्रेस पार्टी निकट रहदै तरुण दल जिल्ला सदस्य हुँदै हाल नेपाल तरुण दल नुवाकोट क्षेत्र नम्बर १ को क्षेत्रीय सल्लाहाकार एवम् पार्टीमै आवद्ध रहि सामाजिक सेवामा समेत समर्पित कुशल युवा नेता गुरुङको आगामी निर्वाचनमा प्रदेश सभा ‘क’मा चर्चा पाउन सफल भएको हो ।
नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ४ सिक्रेका स्थानीय गुरुङले युवा उमेरमै ७० वटा भन्दा धेरै देश भ्रमण गरिसकेका छन् । ती भ्रमण र सिप कौशलता आफ्नो राष्ट्र र क्षेत्रका नागरिकका सामु एकपटक अवसर दिए आफ्नो तर्फबाट सुनौलो शिवपुरी वा जिल्ला तह को मुहार फेर्न आफू लालायित रहेको बताए । विभिन्न पदका लागि काँग्रेसका कार्यकर्ताहरुबाट उम्मेद्वारी घोषणा गर्ने क्रम चलिरहेको बेला गुरुङको नाम माथिल्लो तहका कार्यकर्ताले सार्वजनिक गर्ने गरेका छन् ।
नेपाली कांग्रेसको १४ औ महाधिवेसन लगत्तै नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘क’ क्षेत्रिय सभापतिका लागि गुरुङ उपयुक्त र बलियो पात्र सावित भैसकेको छ -‘उनका इच्छा के छ छैन मलाई थाहा छैन । तर, पार्टीमा युवा जगतका एजेन्डा र योगदान अतुलनीय देखिन्छ। ‘गुरुङको क्षमता नेपाली कांग्रेस पार्टी संगठन निर्माणमा बल पुर्याउने सम्मको भएको पार्टीले बुझेको काङ्ग्रेसका अर्का युवा सन्दीप तामाङले बताए । ‘मुलुक तीन तहकै निर्वाचनको संघारमा छ । अब बन्ने प्रदेश सभा सभापतिको काँधमा सबै निर्वाचनमा नेपाली काँग्रेसका उम्मेद्वारलाई बिजयी गराउनु पर्ने ठुलो चुनौती छ । त्यसैले पनि १ नम्बर क्षेत्र प्रदेश (क)को सभापति पदका लागि योग्य उम्मेद्वार गुरुङ हुन्,’ तामाङले भने ।
तामाङका अनुसार गुरुङले सबै तरहको क्षमता राख्न सक्छन् । गुरुङले इच्छा देखाए उनि क्षेत्र नम्बर १ प्रदेश सभा (क)’ को कुशल नेता १ मात्र नभई योग्य र पारदर्शी उम्मेदवार पनि हुन् । उनको जिम्बेवारीले नेपाली कांग्रेस समग्र स्थानीय समितिमा अप्रत्यासित परिवर्तन र पार्टीमा रचनात्मक सहयोग पाउने बताए ।
यता युवा नेता गुरुङले पार्टी र कार्यकर्ताले आफ्नो आवश्यक्ता महसुस गरेर जिम्मेवारीलाई सहजै पुरा गर्न आफु सक्षम रहेको बताएका छन् । पार्टी र संगठनका लागि मेरोे भुमिका आवश्यक ठानिए आफ्नो गाउँ ठाउँमा युवालाई अग्रसर गराउने धोको रहेको गुरुङले बताए ।
०६२ देखी ७९ सम्म शिवपुरी गाउँपालिका साविकको सिक्रे गाविसको राजनीति संयन्त्र समितिमा रहेर काम गरेका गुरुङ अब्बल कार्यकर्ता हुन् । पार्टी संगठन निर्माणका लागि दिन र रात नभनी खट्न सक्ने क्षमताका भएका गुरुङलाई नेता कार्यकर्ता बीच छुट्टै चर्चा बटुलेको छ ।