रिङ रेस्लिङको धमका: नुवाकोट गुर्जेको कालिकादेवी माध्यमिक विद्यालयमा भव्य तयारी



नुवाकोट,असोज ७ । विजया दशमी २०७९ को पावन अवसरमा नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा रहेको कालिकादेवी माद्यामिक विद्यालयमा भव्य रेस्लिङको आयोजना गरिएको नेपाल रिङ रेस्लिङ नुवाकोट शाखाले जनाएको छ ।

शुक्रबार रिङ रेस्लिङ प्रतियोगिताबारे एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै नुवाकोट रिङ रेस्लिङले दशै, तिहार र छठ पर्वको अवसरमा सो प्रतियोगिता आयोजना गरेको बताएका छन् ।

नेपाल रिङ रेस्लिङ नुवाकोट शाखाका अध्यक्ष प्रल्हाद थापाले पछिल्लो दिन यता नुवाकोटका रेस्लिङ खेलाडी नुवाकोटे टाइगर र साइन जस्ता लोकप्रिय नेपाली रेस्लरलाई समेत अगाडि बढाउदै धार्मिक तथा पर्यटकीय सम्पदालाई जीवन्त दिलाउन यस अघि सुर्यव्चौर दुप्चेश्वर महादेव मन्दिर परिसरमा प्रतियोगिता आयोजना गरेको बताए ।

यही चैत १५ गते हुने खेलमा नुवाकोटे टाइगर, डेभिड, चट्टान, साइन, टुप्पी ग्याङ, जोन, सिजे वल्र्ड, बाका, तन्नु, आकृति, स्पाइडरम्यानस्, एक्स हिरो , किङ रोवर्ट लगायतकाबनेपालका प्रख्यात रेस्लरको भीडन्त रहने जनाइएको छ । कार्यक्रमको उद्घोषण चर्चित हास्यकलाकार तथा उद्घोषक जीवन तामाङको रहनेछ ।

प्रतियोगितामा हेभि वेट विधाको विजेताले १ लाख ५० हजार, ट्रिपल थ्रेट विजेताले ७ लाख ५ हजार, ट्याग टिम विजेताले ८५ हजार, लाइटवेट (महिला) विजेताले ६५ हजार, लाइटवेट विजेताले ५५ हजार नगद, बेल्ट सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । कार्यक्रममा शिवपुरी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बिष्णु श्रेष्ठले ओखती पसलको सट्टा खेलकुदको बिकास हुनुपर्ने बताए । कार्यक्रममा एमाले नेता जितेन्द्र बिष्ट, नेपाली काङ्ग्रेसका युवा नेता सन्जिव गुरुङ लगायतको उपस्थिति थियोे ।

प्रतिक्रिया दिनुहोस्