११ करोड ५० लाखको आईपीओ भर्नुभयो त ? आवेदन दिने भोलि अन्तिम मौका



काठमाडौं,असोज २ । आज अर्थात असोज २ गते सिक्लेस हाइड्रोपावर कम्पनीको आईपीओ आवेदन दिने अन्तिम मौका रहेको छ ।

भदौ २९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन भएको कम्पनीको आईपीओमा आज बैंकिङ्ग समयसम्म आवेदन दिने सकिने छ ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।

सोमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । बाँकी १० लाख ५८ हजार कित्ता सेयरका लागि सर्वसाधारणल आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्