झनै सस्तियो सुनको भाउ, प्रतितोला ५ हजार २०० रुपैयाँले घट्यो !



काठमाडौं,असोज १ । पछिल्लो समयमा सुनको भाउ सस्तिएको छ । नेपाली बजारमा छापवाला सुनको मूल्यमा भारी गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदौ महिनामा छापावाला सुन प्रतितोला ५ हजार २ सय रुपैयाँले सस्तिएको हो । साउन मसान्तमा ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन भदौ मसान्तसम्म आईपुग्दा भने ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यस्तै,साउन मसान्तमा ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन भदौ महिनाको अन्तिम दिन भने ९१ हजार रुपैयाँमा झरेको छ । महासंघका अनुसार भदौको पहिलो दिन ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । यो नै उक्त महिनाको उच्च हो ।

यस्तै, भदौं महिनामा चाँदीको मूल्यमा पनि गिरावट आएको छ । उक्त अवधिमा चाँदी प्रतितोला ५० रुपैयाँले घटेको हो । साउन मसान्तमा १ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी भदौ अन्तिममा भने १ हजार १७० रुपैयाँमा झरेको हो ।

प्रतिक्रिया दिनुहोस्