फेरी भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के हो ?



काठमाडौं,भदौ ३१ । भारतबाट फेरी पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शुक्रबार प्राप्त नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेको हो ।

अब पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा र डिजलमा प्रतिलिटर ५ रुपैयाँ बढी घाटा रहेको छ । नयाँ मूल्यपछि पनि मासिक २० करोड रुपैयाँ नोक्सानी रहेको निगमको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्