तारागाउँ रिजेन्सी होटल्सले कमायो १८ करोड ८० लाख नाफा, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं,भदौ ३० ।तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आवमा होटेल्सले नाफामा उल्लेख्य सुधार गरेको छ । अघिल्लो आवको चौथो त्रैमासमा ३ करोड ५० लाख ७२ हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीले गत आवको सोही अवधिमा छलाङ मारेको हो ।

विवरण अनुसार गत आवमा होटेल्सले १८ करोड ८० लाख ८३ हजार रुपैयाँ नाफा कमाएका छन् । गत आवमा कम्पनीको कुल आम्दानी १३.१२ प्रतिशतले वृद्धि भई ८५ करोड ८२ हजार रुपैयाँ पुगेको छ । कम्पनीको संचालन नाफा भने ७० करोड ५ लाख बढी रहेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ४४ करोड १६ लाख ३५ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ४१ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ११३ रुपैयँ ६४ पैसा धनात्मक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्