१४ बर्षमा ८४ खर्ब ६६ अर्ब रेमिट्यान्स भित्रियो



काठमाडौं,भदौ २९ । विगत चौध बर्षको अवधिमा नेपालले ८४ खर्ब ६६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्राएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सरकारले वैदेशिक रोजगारमा गएका कामदारबाट सो रकम नेपाल भित्राएको हो ।

तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७८/७९ मा नौ खर्ब ८६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आव २०७७/७८ मा भने नौ अर्ब ६१ अर्ब रुपैयाँ नेपाल भित्रिएको तथ्यांकले देखाएको छ । यो रकम नेपालको जिडिपिको २२.५ प्रतिशत हिस्सा हो । त्यस्तै, आव २०७६/७७ मा आठ खर्ब ७५ अर्ब रुपैयाँ भित्रिएको थियो । आव २०७५/७६ मा आठ खर्ब ७९ अर्ब, आव २०७४/७५ मा सात खर्ब ७५ अर्ब, २०७३/७४ मा ६ खर्ब ९५ अर्ब, २०७२/७३ मो भने ६ खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

त्यस्तै समिक्षा अवधिमा ४७ लाख १४ हजार ५११ युवा वैदेशिक रोजगारीको लागि विदेशिएको नेपाल वैदेशिक रोजगार विभागको तथ्यांक छ । जसमध्ये दुई लाख ८६ हजार २४२ महिला गएका छन् भने ५० लाख ८३३ जना पुरुष रोजगारीको लागि विदेशिएको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्