गुल्मी इस्माको हर्पुकोटमा मेगा बैंकको शाखा रहित बैंकिङ्ग सेवा बिस्तार



गुल्मी,भदौ २७ । मेगा बैंक नेपाल लिमिटेडले गुल्मी जिल्लाको इस्मा गाउँपालिकामा शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई बैकिङ्ग पहुँच विस्तार गर्ने उदेश्यले इस्मा गाउँपालिकाको वडानम्बर–१ हर्पुकोटमा शाखा रहित सेवाको विस्तार गरिएको मेगा बैंक तम्घास शाखा प्रमुख कालिदास पाण्डेले बताए ।

शाखा रहित बैंकिङ्ग सेवाको सोमबार एक कार्यक्रमका बीच इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले उद्घाटन गरेका हुन् । सेवाको शुभारम्भ गर्दै खड्काले ग्रामीण भेगका जनताको सेवाको निम्ति बैंकले सेवा बिस्तार गरेको बताए ।
ग्रामीण वस्तीमा बिस्तार गरिएको बैंकबाट अधिकत्तम सेवा लिन अध्यक्ष खड्काले आग्रह गरे । त्यस स्थानबाट बैंक खाता खोल्न वचत रकम जम्मा गर्न सक्ने छन् ।

रेमिटान्सबाट आएको रकम बैंक खाता मार्फत भुक्तानी पाउनुका साथै आकर्षक योजना सहित बैंक खाता खोल्न सकिने तम्घास शाखा प्रमुख पाण्डेले बताए । मोवाइल बैकिङ्ग, कर्जा सुविधा समेत प्रदान गर्नेछ । ग्रामीण क्षेत्रका नागरिकलाई बैकिङ्ग सेवामा पहुच प्रदान गर्नको लागि शाखा रहित बैंकिङ्ग सेवा शुरुवात गरिएको मेगा बैंक तम्घास शाखा प्रमुख पाण्डेले बताए। शाखा रहित सेवा बिस्तार कार्यक्रममा इस्मा गाउँपालिका वडानम्बर–१ का वडाअध्यक्ष शेरबहादुरकुँवर, त्यस स्थानका व्यवसायिक प्रतिनिधी चुरामणी घिमिरे, स्थानीय नारायण कुँवर बिभिन्न व्यक्तित्वहरु, बैंकका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्