३०० ले सस्तियो सुन



काठमाडौं,भदौ २७ । सोमबार सुन प्रतितोला ३०० रुपैयाँले सस्तिएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको दोस्रो दिन सुन घटेर प्रति तोला ९३ हजार ६०० कायम भएको छ ।

आईतबार भने सुनको मूल्य प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको थियो । चाँदीको मूल्य सोमबार पनि स्थिर छ । अघिल्लो साता शुक्रबार चाँदी प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला एक हजार १५० रुपैयाँमा कायम भएको थिए ।

अन्तराष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १७१३.८९ डलरमा कारोबार भईरहेको छ । चाँदी प्रतिऔंस १८.९२ डलरमा छ ।

प्रतिक्रिया दिनुहोस्