नुवाकोट एकीकृत समाजवादीबाट १ मा लोहनी, २ मा कडेल सिफारिस



नुवाकोट,भदौ २६ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) नुवाकोटले क्षेत्र १ का लागि राजेन्द्रप्रकाश लोहनीको नाम ससिफारिस गरेको छ ।

नुवाकोटमा सम्पन्न सचिवालय बैठकले लोहनीलाई सर्वसम्मत सिफारिस गरेको हो । जिल्लास्थित पार्टी प्रचार विभागका अनुसार लोहनी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं नुवाकोटका इन्चार्ज रहेका छन् ।

लोहनी २०५६ को आमनिर्वाचनमा नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा एमालेबाट विजयी भएका थिए ।२०६४ को संविधानसभा सदस्यमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिमला सुवेदीसँग पराजित भएका थिए ।

लोहनीलाई एकीकृत समाजवादीले सिफारिस गरे पनि ५ दलीय गठबन्धनमा सहमति हुन बाँकी छ । एकीकृत समाजवादीको बैठकले प्रतिनिधिसभा तर्फ केन्द्रीय सदस्य सुर्य कडेललाई क्षेत्र नम्बर २ मा सिफारिस गरेको छ ।

त्यस्तै प्रदेश १ ‘क’ मा केपि लामिछाने, बालकृष्ण आचार्य, राजेश थापा, राम थापा, अर्जुन श्रेष्ठ लाई सिफारिस गरेको छ । प्रदेश १ ‘ख’मा अच्युत पाण्डे, हरि गिरि, राममणी अधिकारी, शिवकुमार लामा, रामशरण भण्डारी र जगदीश पाठकलाई अगाडि बढाइएको छ ।

त्यस्तै प्रदेश २ ‘क” मा राजु सडौला, सज्जन श्रेष्ठ, डा. शंकर खतिवडा, प्रदेश २ ‘ख’मा यमकुमार खाती र रामप्रसाद रिमाललाई सिफारिस गरिएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्