झोर महाँकाल स्वास्थ्यचौकीद्वारा डेङ्गु नियन्त्रण तथा यसविरुद्ध सचेतनामूलक कार्यक्रम
काठमाडौं,भदौ २२ । झोर महाँकाल स्वास्थ्यचौकीद्वारा डेङ्गु नियन्त्रण तथा यसविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
बुधबार एक कार्यक्रम बीच सो रोगको महामारीविरुद्ध लड्न स्थानीय स्वास्थ्यकर्मी, राजनीतिकर्मी लगायतले सबैलाई अनुरोध गरेका थिए ।
पछिल्लो समय नेपालमा डेङ्गुको प्रकोप बढ्दै गैरहेकाले रोग सार्ने लाम्खुट्टेको लार्भा खोजी गरि नष्ट गर्ने तथा डेङ्गु रोग नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम गाउँघरमा आयोजना गर्नुपर्ने उनीहरुले बताएका थिए ।
कार्यक्रममा लामखुट्टे वृद्धि हुने स्थानहरु पहिचान गरि नष्ट गर्नुपर्ने, आफ्नो घर वरिपरि सफा राख्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने, पानी जम्न नदिने, घर वरिपरिको झाडी सफा गर्ने, डेङ्गु रोगको लक्षण देखा परेमा तुरुन्तै नजिकैको स्वास्थ्यचौकी वा अस्पतालमा सम्पर्क गर्नुपर्ने लगायतका कार्ड बोकी सचेतना जनाइएको थियोे ।