साढे ४ खर्ब रुपैयाँ बराबरका हजार दरका नयाँ नोट छाप्दै राष्ट्र बैंक



काठमाडौं,भदौ् २२ । नेपाल राष्ट्र बैंकले करीब साढे ४ खर्ब रुपैयाँ बराबरका हजार दरका नयाँ नोट छाप्ने भएको छ ।

बैंकले मंगलवार एक सूचना जारी गर्दै १ हजार दरका ४३ करोड थान नयाँ नोट छाप्ने टेण्डर आह्वान गरेको हो ।

४ खर्ब ३० अर्ब रुपैयाँ बराबरका यी नोट २ वर्षपछि छाप्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंकले हरेक २/२ वर्षमा नयाँ नोट छाप्ने गरेको छ ।

टेण्डर प्रक्रियामा भाग लिन भने राष्ट्र बैंकले तयार गरेको योग्य कम्पनीको रोस्टरमा नाम समावेश भएको कम्पनी हुनुपर्नेछ । बैंकले २०७८ असोज १३ गते राष्ट्र बैंकको खरीद प्रक्रियाका लागि योग्यता पुगेका कम्पनीको सूची सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्