प्रतिनिधि सभाले सर्वसम्मत रुपमा पारित गर्यो बीमा विधेयक



काठमाडौं,भदौ २१ । बीमा विधेयक २०७५ राष्ट्रिय प्रतिनिधि सभाले सर्वसम्मत रुपमा पारित गरेको छ । राष्ट्रिय सभामा आज अघि बढेको बीमा विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको हो । उक्त विधेयकलाई अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका थिए ।

विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा सांसद तुलसाकुमारी दाहाल र देवेन्द्र दाहालले प्रश्न गरेका थिए । छलफलमा उठेका प्रश्नको जावाफ दिँदै अर्थमन्त्री शर्माले संविधानको भावना बमोजिम सरकारको समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यलाई सार्वजनिक तथा निजी क्षेत्र र सहकारीताको अधिकतम परिचालन र तीव्र आर्थिक वृद्धि गर्ने लक्ष्यअनुरुप विधेयक ल्याइएको बताए ।

बीमामार्फत गुणस्तरीय स्वास्थय सेवा प्राप्त गर्ने नागरिकको अधिकार सुनिश्चित् गर्न र जनताको विश्वास कायम गर्न विधेयकले सहयोग पुग्ने अर्थमन्त्री शर्माको भनाइ थियो । अहिलेको बीमा ऐनले बीमाका सबै विषय नसमेटेकाले विधेयकको आवश्यकता महसुस गरी सबै सरोकारवालासँगको छलफलपछि यसलाई अघि बढाइएको र प्राप्त सुझावलाई समेत समेटेर विधेयक अघि बढाइने मन्त्री शर्माले विश्वास दिलाए ।

प्रतिक्रिया दिनुहोस्