अर्घाखाँची-२ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भए रामजी
नेकपा एमालेले अर्घाखाँची क्षेत्र नं.-२ को प्रदेशसभा सदस्यमा रामजी प्रसाद घिमिरेलाई उम्मेदवार बनाउने भएको छ । नेकपा एमाले २ नं. प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले पार्टीका प्रदेश सचिवालय सदस्य समेत रहेका घिमिरेलाई सर्वसम्मत उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ । ऊनी अर्घाखाँची जिल्लाका लोकप्रिय नेताका रुपमा छन् । प्रखर वक्ता समेत रहनुभएका घिमिरेले जिल्लाको बिकास निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् ।
सर्वसम्मत उम्मेदवार चयन भएपछि नेता घिमिरेले कार्यकर्ताको विश्वास र जनताको अपार माया रहेको बताए । उनले जनसेवा वाहेक आफुले जिवनमा कुनै पनि कुरा नसोंचेको भन्दै जिवनभर देश र जनताको सेवामा समर्पित हुने बताए । घिमिरेले पार्टी निर्णयलाई सहर्ष स्वीकार गर्दै सबै क्षेत्र बाट सहयोग पाउने अपेक्षा समेत प्रकट गरे। कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले नेकपा एमालेलेको विजयी अभियानलाई कसैले रोक्न नसक्ने बताएका छन् ।
उनको अहिले मुलुकमा राष्ट्रवादी र राष्ट्रघाती शक्तिको बीचमा भिडन्त भैरहेको भन्दै उनले राष्ट्रियताको रक्षा ,बिकास र समृद्धिको निम्ति नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताए । वर्तमान परमादेश सरकारका कारण मुलुकमा बिकास निर्माणको काम अबरुद्धभएको ,भ्रष्टाचारबढेको ,अनियमितता र अस्थिरताले प्रश्रय पाएको भन्दै उहाँले ५ दलिय गठबन्धनलाई जनताले निर्वाचनमा परास्त गर्ने छन् ।