गुल्मी १ मा ज्ञवाली र २ मा विष्टसहित ३ जना सिफारिस
गुल्मी,भदौ १९ । नेकपा एमालेले संघीय निर्वाचन गुल्मी क्षेत्र न १ बाट प्रदिप कुमार ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । केन्द्रिय उपमहासचिव समेत रहेका नेता ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय सर्वसम्मतीमा भएको हो ।
आइतबार गुल्मीको रिडिमा सम्पन्न नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले नेता ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले छत्रकोटका सचीव यज्ञ पाण्डेले जानकारी दिए । बैठक बसिरहेको र प्रदेश उम्मेदवारको बिषयमा छलफल भैरहेको सचिव पाण्डेले जानकारी दिए ।
उता क्षेत्र नम्वर २ मा भने पार्टी सचिव गोकर्णराज बिष्टका अलवा राजेन्द्र अर्याल र शेषकान्त गौतम सहित तीन जना सिफारिस भई सकेका छन् । क्षेत्र नम्वर २ को (क) प्रदेश सदस्य उमेदवारमा पार्टी सचिव गणेश श्रीपाली, पुर्व मेयरद्धायः डिल्लिराज भुसाल, र सोमनाथ सापकोटा, पूर्वउपमेयर सिता भण्डारी , मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्ले सिफारिस भएका छन् ।
प्रदेश (ख) मा केन्द्रिय सदस्य, दिनेश पन्थी, अन्य नेताहरुमा जमुना पन्थी, सन्तोष लम्साल , खिमान्नद भण्डारी, लोक बहादुर खत्री र नारायण पोखरेल सिफारिसमा परेका नकपा एमाले गुल्मीले जनाएको छ ।