झनै सस्तियो सुनको भाउ : प्रतितोला २ हजार ८ सय रुपैयाँले घट्यो, चाँदीको कति ?
काठमाडौं,भदौ १८ । पछिल्लो समय नेपाली बजारमा सुनको भाउ निरन्तर ओरालो लागेको छ । यस साता छापावाला सुनको तोलामा २ हजार ८ सय रुपैयाँले सस्तिएको हो ।
अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात भदौ १० गते ९५ हजार ८ सय रुपैयाँमा किनबेच भएको सुन यस साताको सोही दिन भने ९३ हजार रुपैयाँ कायम भएको छ ।
भदौ १२ गते आइतबार ९५ हजार १ सय रुपैयाँ, १३ गते ९४ हजार ५ सय, १४ गते ९४ हजार ८ सय, १५ गते ९४ हजार, १६ गते ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन साताको अन्तिम दिन भने तोलामा ९३ हजार रुपैयाँ कायम हुन आएको छ ।
नेपाल सुनचाँदी व्यसायी महसंघका अनुसार यस साता चाँदीको मूल्यमा पनि गिरावट आएको छ । यस साता चाँदी तोलामा ७० रुपैयाँले सस्तिएको हो ।
अघिल्लो साताको अन्तिम दिन १ हजार १७५ रुपैयाँमा कारोबार भएको चाँदी यस साताको अन्तिम दिनसम्म आईपुग्दा भने १ हजार १०५ रुपैयाँ कायम भएको छ ।