नुवाकोट निर्वाचन क्षेत्र नम्बर १, प्रदेश ‘क’ को समानुपातिक उम्मेदवारमा पाण्डेको दावी



नुवाकोट, भदौ १७ । आगामी निर्वाचन मंसिर ४ मा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘क’ को समानुपातिक उम्मेदवारमा माओवादी केन्द्रका युवा नेता श्याम पाण्डेले दावी गरेका छन् । युवा माझ लोकप्रिय पाण्डे नुवाकोट-काठमाडौ निर्वाचन सम्पर्क मञ्चका पूर्व सचिव समेत हुन । पाण्डेलाई कानुन, प्रशासन र राजनीति सम्बन्धि २० वर्षको अनुभव रहेको छ ।

अन्याय, अत्याचार विरुद्ध सदैव लागि परेका पाण्डे शिवपुरी गाउँपालिका वडा नम्बर ७ माओवादी केन्द्रका अध्यक्ष समेत रहेका छन् । त्यस्तै अखिल नेपाल स्वास्थ्य श्रमिक संघको केन्द्रिय सदस्य, गैरसरकारी संस्थामा १३ वर्ष फाइनान्सियल अनुभव समेत रहेको छ ।

शुक्रबार सम्पन्न शिबपुरी गाउँपालिकाको माओवादी केन्द्रको विस्तारित बैठकमा पाण्डे प्रदेश ‘क’ को समानुपातिक उम्मेदवारी घोषणा गरेका हुन । त्यस्तै शिवपुरी गाउँपालिकाले संघ र प्रदेशको निर्वाचन उम्मेदवार सिफारिस गरेको छ । नुवाकोट क्षेत्र न.१ मा हितबहादुर तामाङ क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश निर्वाचन ‘क’ मा राधिका तामाङ र संघ क्षेत्रगत समानुपातिक तर्फ शिवबहादुर खातीलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्