देउवा सरकारले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य, नयाँ मूल्य कति ?
काठमाडौं,भदौ १७ । प्रधानमन्त्री शेर बहादुर देउवा सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बिहीबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।
भारतबाट ३ चोटी पेट्रोलियम पदार्थ मूल्य घटेर आउँदा समेत नघाटाएको सरकारले भारतबाट एक चोटी मात्र वृद्धि भएर आउँदा मूल्य बढाएको हो ।
निगमले यो पटक पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँका दरले बढेको छ ।अब डिजेलको मूल्य १७२ रुपैयाँबाट बढेर १७८ पुगेको छ भने मट्टितेलको मूल्य पनि १७८ रुपैयाँ पुगेको छ । मट्टितेलको मूल्य पनि यसअघि प्रतिलिटर १७२ रुपैयाँ थियो । पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
नयाँ मूल्यसूची बिहीबार राति १२ बजेदेखि लागू हुनेछ ।