कांग्रेस प्यूठानले गर्यो प्रदेश‘क’ र ‘ख’का लागि उम्मेदवार सिफारिस
प्यूठान,भदौ १६ । नेपाली कांग्रेस प्यूठानले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारीस गरेको छ । कांग्रेस प्यूठानको क्षेत्र नम्वर १ को क्षेत्रिय समितिले लुम्बिनी प्रदेश सभा ‘क’ का प्रत्यक्षतर्फ ७ जना र समानुपातिक तर्फ ८ जना सहित १५ जनाको नाम सिफारीस गरेको हो ।
प्यूठानको प्रदेश‘क’ प्रत्यक्षतर्फ हुकुम बहादुर बिष्ट, मान वहादुर वली, रामचन्द्र पौडेल, नारायण ज्ञवाली, दिपक केसी, जेन्टील गौतम र भरत कुमार श्रेष्ठको नाम सिफारिस भएको छ । समानुपातिक तर्फ खस आर्यमा इश्वर सिंह बिष्ट, दामोदर कालाथोकी, महिलातर्फ भगवती बिष्ट, नारायणी थापा लम्साल, निसा योगी, जलजला थापा, जनजाति तर्फ बेगम जिएम र दलित तर्फ गोपाल बिकको नाम सिफारिस भएको छ ।
यसैगरी, प्यूठानको प्रदेश निर्वाचन क्षेत्र ‘ख’ मा प्रत्यक्ष तर्फ क्षेत्रिय सभापति रोज राणा, मेनका घिमिरे र सालिकराम पण्डितको नाम सिफारीस गरेको कांग्रेस प्युठान श्रोतले बताएको हो ।