तीन हजार भन्दा बढी विद्यार्थीका साथमा चौथो करियर फेस्ट सम्पन्न



काठमाडौं,भदौ १४ । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा चौथो करियर फेस्ट सम्पन्न भएको छ । सोमबार पूर्व शिक्षामन्त्री अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विभिन्न विधाका विशेषज्ञहरुबाट कक्षा १२ को परिक्षा सकेका विद्यार्थीहरुलाई अनुभव सेयरिङ गर्ने कार्यक्रम रहेको थियो ।

उक्त कार्यक्रममा बैंकिङ क्षेत्रबाट भर्खरै बिदा लिएका बैङ्कर एवं मोटिवेश्नल स्पिकर अनिलकेशरी शाह, क्याप्टेन विजय लामा राजनीतिज्ञ रबि लामिछाने, उशाकिरण तिम्सिना, हिसानका अध्यक्ष रमेश सिलवाल लगायतका व्यक्तिहरुले आफ्नो अनुभव र ज्ञान सेयर गरे। उक्त कार्यक्रममा गायक प्रमोद खरेल, प्रवेश कुमार खतिवडा र हास्यव्यंग्य कलाकार राजा राजेन्द्र पोखरेल समेतको प्रस्तुती रहेको थियो । उक्त कार्यक्रमबाट विद्यार्थीहरुलाई विभिन्न विधामा प्रवेश गर्नका लागि बिषय विज्ञहरुबाट थोरबहुत जानकारी प्रदान गर्ने र विद्यार्थीहरुलाई ज्ञानको भोक सिर्जना गर्ने कार्यक्रमको प्रमुख उद्देश्य रहेको कार्यक्रमका सभापति विशाल केसीले बताए ।

साथै, कार्यक्रममा कक्षा कक्षा १२ को परीक्षा सकेर बसेका तीन हजारभन्दा बढी विद्यार्थीहरुले सहभागी भएका थिए कार्यक्रमको अन्त्यमा, कार्यक्रम एकदमै ज्ञानवर्धक र मनोरञ्जनात्मक प्रयोगको सहभागी विद्यार्थीहरुले बताए। उक्त कार्यक्रम करियर पोईन्ट एजुकेसन सर्भिसेसको आयोजनामा सम्पन्न भएको हो।

विद्यार्थीहरुलाई स्वदेश तथा विदेशमा अध्ययन गर्न सहि परामर्श गराउने उद्देश्यले स्थापित कारीयर पोईन्टले यस्ता खालका कार्यक्रमहरु बर्सेनि गर्दै आएको संस्थाका निर्देशक सिव दनैले वताए ।

प्रतिक्रिया दिनुहोस्