एक हप्तामा पाँचजना सङ्क्रमितको मृत्यु



काठमाडौं,भदौ ८ । नेपालमा एक हप्तामा पाँचजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले मन्त्रालयको कोरोना विफ्रिङमा बोल्दै एक हप्तामा पाँचजनाको मृत्यु भएको बताए ।

डा.ठाकुरका अनुसार मृत्यु भएकामध्ये अधिकांश बिरामी दीर्घ रोगी र कोरोनाविरुद्धको खोप नलगाएका छन् ।

नेपालमा कोरोना सङ्क्रमणदर ११ प्रतिशतभन्दा बढी रहेको छ । नेपालमा सङ्क्रमितमध्ये ५० प्रतिशत बिरामीलाई कुनै पनि लक्षण नदेखाउने हुँदा थप सर्तकता भई जनस्वास्थ्यका मापदण्ड अपनाउन डा.ठाकुरको आग्रह छ । 

प्रतिक्रिया दिनुहोस्