साउनमा करीब १३ प्रतिशतले घट्यो आयात, व्यापार घाटाको अवस्था के छ ?



काठमाडौ,भदौ ८ । चालू आर्थिक वर्ष (आव)को पहिलो महीनामा नेपालको कुल आयात करीब १३ प्रतिशतले घटेको छ । आयात घटेसँगै व्यापार घाटा पनि १० प्रतिशत भन्दा धेरैले घटेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आवको साउन महीनामा १ खर्ब १६ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा भएको छ । गतवर्ष सोही अवधिमा १ खर्ब २९ अर्ब रुपैयाँ व्यापारघाटा भएको थियो । जुन गत वर्षको तुलनामा १० दशमलव ३६ प्रतिशत कम हो ।

नेपालले साउन महीनामा १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले १ खर्ब ५० अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष १२.९० प्रतिशतले आयात घटेको छ ।

त्यसैगरी, नेपालले एक महीनामा कुल १४ अर्ब ८० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ । गत वर्षको सोहि अवधिमा २० अर्ब ७६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा यो महीना निर्यात पनि २८.६८ प्रतिशतले घटेको छ । 

प्रतिक्रिया दिनुहोस्