देवदहमा निशुल्क आँखा शिविर : ३१५ जना लाभान्वित



रुपन्देही,भदौ ७ । रुपन्देहीको देवदहमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

लायन्स क्लब अफ देवदहको आयोजना र लायन्स आँखा अस्पताल बुटवलको प्राबिधिक सहयोगमा देवदह नगरपालिका वडा नम्बर ५ स्थित लायन्स आँखा अस्पतालको प्रांगाणमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको हो । शिविरमा ३ सय १५ भन्दा बढिले आँखा परिक्षण गरेका आयोजक संस्थाको अध्यक्ष विष्णु ज्ञवालीले जानकारी दिए ।

शिविरमा १८ जना मोतिबिन्दुको बिरामी भेटिएका थिए। उक्त शिविरमा मोतीयाबिन्दु भएका बिरामीहरूलाइ ल्याब चार्ज बाहेक अप्रेसन चार्ज नलाग्ने क्लबका अध्यक्ष ज्ञवालीले बताए ।

शिविरमा कार्यक्रमको प्रमुख अतिथी रहनुभएको देवदह नगरपालिकाको नगर उप-प्रमुख विद्या लक्ष्मी गुरुङले यस क्लबले समाजमा प्रत्यक्ष रुपमा फाईदा हुने काम गर्दै आएको भन्दै प्रशंसा गरेका थिए । आँखा शरीरको महत्वपूर्ण अंग भएकोले यसको नियमित चेकजाँच र उपचार आवश्यक रहेको हुदा यो शिविरले स्थानीयलाई फाईदा हुने बताए ।

प्रतिक्रिया दिनुहोस्