बीमा रकमको लोभमा बन्दको मौका छोपी चालक र सहचालकले आफ्नै टिप्परमा लगाए आगो
काठमाडौं,भदौ ७ । दाङ जिल्लाको घोराहीमा बीमा रकमको लोभमा आफ्नै टिप्पर माथि आगजनी गरेका छन् । विप्लबले गरेको नेपाल बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका हुा ।
आफ्नै चलाउदै आइरहेको रा १ ख १६९४ नम्बरको टिप्परमा चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ । उनीहरुले घोराही–लमही सडकखण्डको बबई खोला पुलमा टिप्परमा आगो लगाइएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजानी गरेको पुष्टि भएको बताइएको छ । गाडी मालिकको पनि खोजी भइरहेको र बीमा रकमको लोभमा बिग्रेको गाडीमा आगजनी गरेको देखिएको प्रहरीले जनाएको छ ।