प्राज्ञिक विद्यार्थी परिषदद्धारा सिन्धुपाल्चोकमा शैक्षिक सामग्री वितरण



सिन्धुपाल्चोक,भदौ ५ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सिन्धुपाल्चोकका बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । जिल्लाको बाह्रबिसे नगरपालिकामा रहेको शारदा माध्यमिक विद्यालयमा १०, ११ र १२ कक्षामा अध्ययनरत २९३ जना बिद्यार्थीलाई व्याग, कपी, रेपिडेक्स पुस्तक, जमेक्ट्री बक्स, नेपाली बृहत् शब्दकोश, टोपी लगायतका शैक्षिक सामग्री वितरण गरिएको परिषद्का राष्ट्रिय महासचिव छितराज न्याैपाने जानकारी दिए । उनका अनुसार बाकी १० वटा हिमाली जिल्ला दोलखा, रसुवा, बझाङ, ताप्लेजुङ, मनाङ, मुस्ताङ, गोरखा, मुगु, डोल्पा र हुम्लामा समेत शैक्षिक सामग्रीहरू वितरण गर्ने कार्यक्रम छ ।

बितरण कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले बिगत २७ बर्षदेखि परिषदले निरन्तर सामाजिक सेवाका काम गर्दै आएको बताए।बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले परिषदको यो सेवा कार्यको प्रसंशा गर्दै शिक्षामा सेवा गरेकोमा धन्यवाद प्रदान गर्नुभयो । विद्यालयका प्राचार्य नीलप्रसाद सुवेदीले शैक्षिक सामाग्री बितरणका लागि परिषदले आफ्नो विद्यालयलाई छनोट गरेकोमा धन्यवाद दिदै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो ।

२०५२ सालमा स्थापना भएको परिषदले देशका ७७ वटै जिल्लाका शिक्षण संस्था, माध्यमिक तह (कक्षा ११ र १२) क्याम्पस तथा विश्वविद्यालयहरूमा काम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्