पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
४ हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको छ । २ हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र २ हजार ५२१ एन्टिजेन परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । त्यस्तै ३०२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ४३५ रहेको छ ।